भरे मध्यरातीबाट पेट्रोलियम पद्धार्थको मूल्य घट्ने


नेपाल आयल निगम लिमिटेडले भरे मध्यरातीबाट पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एल.पी. ग्यासको मुल्य घटाउन लागेको जनाएको छ । पेट्रोलमा प्रति ली. रु.६, डिजेल र मट्टितेलमा प्रति ली.रु..४/४ र खाना पकाउने एल.पी. ग्यासमा प्रति सिलिण्डर रु.१० का दरले मुल्य घटाउन लागेको नेपाल आयल निगम लि.का कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिनुभयो । उहाँका अनुसार भरे मध्यरातीबाट खाना पकाउने एल.पी. ग्यासको प्रति सिलिण्डर मुल्य रु.१,७९० हुनेछ भने पेट्रोल क वर्गमा प्रति ली. रु.१६१.५०, ख वर्गमा प्रति ली.रु.१६३ र ग वर्गमा प्रति ली. रु.१६४ तथा डिजेल र मट्टितेल क वर्गमा प्रति ली. रु.१४३.५, ख वर्गमा प्रति ली. रु.१४५ र ग वर्गमा प्रति ली.रु.१४६ मुल्य कायम हुनेछ । हवाई इन्धनको मुुल्य भने यथावत रहने कार्यकारी निर्देशक थानीको भनाइ छ ।

Leave a Reply