मत विभाजन गरि प्रतिनिधि सभाबाट विनिय‍ोजन विधेयक-२०८० पारित

मत विभाजन गरि प्रतिनिधि सभाको आज बसेको बैठकबाट बिनिय‍ोजन विधेयक-२०८० पारित भयो । सभामुख देवराज घिमिरेको अनुमतीले अर्थ मन्त्री डा.प्रकाशशरण महतले विनिय‍ोजन विधेयक-२०८० पारित गरिय‍ोस् भनी प्रस्तुत गर्नु भएको प्रस्ताव सभामुख देवराज घिमिरेले ध्वनि मतबाट निर्णयनर्थ प्रस्तुत गरेपछि त्यसप्रति नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आपत्ती व्यक्त गरी विनिय‍ोजन विधेयक-२०८० मत विभाजनबाट निर्णयार्थ प्रस्तुत गर्न माग गरेपछि त्यसलाई प्रतिनिधि सभा नियमावली-२०७९ को नियम २९ मा २८ जना सांसदले प्रतिनिधि सभाको बैठमा कुनै विधेयक निर्णयार्थ प्रस्तुत गर्दा त्यसका लागि मत विभाजनको माग गरेमा सभामुखले मत विभाजनको प्रक्रिया अवलम्वन गर्नु पर्ने व्यवस्था भए अनुरुप मत विभाजनबाट निर्णय गरिएको थियो । प्रतिनिधि सभाका २७५ मध्ये आजको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरे सहित २५६ जना सांसदको उपस्थिति रहेकोमा उक्त विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ जना सांसदको मत परेकोले यो विधेयक बहुमतबाट पारित भएको सभामुख घिमिरेले घ‍ोषणा गर्नुभयो । सभामुखले भने कुनै विषयमा बराबर मत परेको अवस्थामा बाहेक अन्य अवस्थामा मतदानमा भाग लिन नपाउने संबैधानिक व्यवस्था छ ।

मत विभाजन गरी प्रतिनिधि सभाबाट बजेट पारित गर्ने कार्यले संघीय संसदमा नौलो अभ्यास शुरु भएको कतिपय जानकारहरुको भनाइ छ ।

उक्त विधेयक प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुनु अघि अर्थ मन्त्री डा. महतले गत जेठ १५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा उल्लेख भएको निर्वाचन आयोग, नेपालका जिल्ला कार्यालय खारेज गर्ने भन्ने विषय उल्लेख भएकोमा अनुसूची हटाउन गरेको प्रस्ताब प्रतिनिधि सभाको बैठकबाट बहुमतले पारित गरिएको थियो ।

Leave a Reply