मृगले बाली क्षति गरेपछि संखुवासभाको चैनपुर- फलाटेका कृषक पीडित

चैनपुर/ आफूले लगाएको बाली मृगले नोक्सान पु-याएपछि संखुवासभाको चैनपुर नगरपालिकाको फलाटे लगायतका गाउँका कृषक पीडित बनेका छन् ‌। सुरक्षाकर्मीले मृग मार्न रोक लगाएपछि त्यहाँ मृगको संख्या निकै बढेको स्थानीयबासीको भनाई छ । दुम्सी लगायतका जंगली जन्तुबाट बेलाबेला दु:ख पाएका कृषकहरु बिगत केही वर्षदेखि मृगबाट पीडित बन्दै आएको जानकारहरु बताउछन् । शिक्षण पेशामा रहेका फलाटेका स्थानीय जीवन भण्डारी ‘मरीमरी बाली त लगायो नि तर के गर्नु मृगको बथानै आएर खाइदिन्छ अनि त्यही भएर बाली लाउनु र नलाउनुको खासै अर्थ हुन छाड्यो,’ भन्नुहुन्छ ।

यता स्थानीय सरकारले भने सो समस्या थाहा पाएर पनि थाहा नपाए झैं गरेको स्थानीयबासीहरुको गुनासो छ ।

Leave a Reply