यातायात मजदूरहरुका माग सरकारले अविलम्व पूरा गर्नुपर्छ

  • राजकुमार खत्री , अध्यक्ष , अखिल नेपाल ट्रेड यूनियन महासंघ

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष राजकुमार खत्रीले सरकारले यातायात मजदूरहरुका जायज माग अविलम्व पूरा गर्नु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘सुरक्षाकर्मी तथा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीमा सम्बद्ध व्यक्तिहरुले यातायात मजदूरहरु माथि गरेको कुटपिट र दुर्व्यवहारको भत्सर्ना गर्दै यातायात मजदूरहरुले न्यायका निम्ति गरेको यो आन्दोलनप्रति अखिल नेपाल ट्रेड यूनियन महासंघ ऐक्यबद्धता व्यक्त गर्दछ’, भन्नुभयो । यातायात मजदूरहरु आन्दोलित हुनु पर्ने अवस्थाको बारेमा प्रकाश पार्दे उहाँले नि:बर्तमान गृह मन्त्री रवि लामिछानेले यातायात ऐन र नियमावली कार्यान्वयन गर्ने नाममा जारी गरेको निर्देशिकामा ट्राफिक प्रहरीले चालकले यातायातका साधन चलाउदा गल्ती गरेको भेटेमा शुरुमै अधिकतम रु.१,५०० जरिवाना गर्ने , त्यसपछि पनि उसले गल्ती गरेमा लाइसेन्स प्वाल पार्ने र ५ पटकसम्म लाइसेन्स प्वाल पारेपछि सो लाइसेन्स खारेज गरी पुन: नयाँ लाइसेन्स लिने प्रक्रिया शुरु गर्नु पर्ने हुन्छ । त्यसैले यो निर्देशिका अवैज्ञानिक र अव्यवहारिक रहेकोले यसलाई खारेज गर्नुपर्छ’, भन्नुभयो । ‘यस अघि भने चालकले यातायातका साधन चलाउदा गल्ती गरेमा शुरुमा उसलाई ट्राफिक प्रहरीले सम्झाउने , दोश्रो पटक गल्ती गरेमा चेतावनी दिने , तेश्रो पटक गल्ती गरे ५०० रुपैया जरिवाना गर्ने , चौथो पटक गल्ती गरेमा १,००० रुपैया जरिवाना गर्ने , पाँचौं पटक गल्ती गरे १,५०० रपैया जरिवाना गर्ने , त्यस पछि पनि गल्ती गरे लाइसेन्स प्वाल पार्ने र पटक-पटक गल्ती गरेर ५ पटकसम्म लाइसेन्स प्वाल पारेमा उसको लाइसेन्स ६ महिनासम्म निलम्वन गर्ने व्यवस्था थियो’, उहाँको भनाई छ

। राष्ट्रिय स्वाधिनता , जनतन्त्र ,श्रमिकहरुको हक , हित र अधिकार तथा जनजीवीकाको निम्ति संघर्षरत अखिल नेपाल ट्रेड यूनियन महासंघ सदैव मजदूरहरुको हक , हित र अधिकारको लागि हुने न्यायपूर्ण संघर्षहरुप्रति अखिल नेपाल ट्रेड यूनियन महासंघको साथ र समर्थन रहने बताउदै आजको मजदूरहरुको आन्दोलनका क्रममा सुरक्षाकर्मीले पक्राउ गरेका सम्पूर्ण श्रमिकहरुलाई यथाशीघ्र रिहाई गर्न सरकारसँग माग गर्नु भएको छ । साथै उहाँले निरन्तर बढिरहेको महङ्गीको तुलनामा मजदूरहरु प्रदान गर्ने तलव सेवा र सुविधा अति कम भएकोले मजदूरहरुलाई काम उचित तलव सुविधा प्रदान गरिनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

Leave a Reply