ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत सहित थप ३ जना पक्राउ

काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणको छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB)ले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत सहित थप ३ जनालाई सो प्रकरणमा दोषी देखिएको भन्दै पक्राउ गरेको छ । यति एयरलाइन्स मार्फत काठमाडौंंबाट विराटनगर जान लागेका सचिव राउतलाई सीआईबीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका सचिव राउत यो प्रकरणमा पक्राउ परेकामध्ये सबैभन्दा उच्च पदस्थ कर्मचारी हुन् ।

यसैगरी उक्त प्रकरणमा द‍ोषी पाइएको भन्दै आजै सीआईबीले तत्कालीन नापी कार्यालय ,काठमाडौंका सर्वेक्षक ध्रुवप्रसाद अर्यनल र समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई पक्राउ गरेको जनाएको छ ।

ललितानिवासको १४३ रोपनी सार्वजनिक जग्गा किर्ते गरि व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ , पूर्व निर्वाचन आयुक्त सुधिरकुमार साह लगायतलाई यस अगाडि पक्राउ गरि उनीहरु माथि थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ ।

Leave a Reply