सांसद डा. तोसिमा कार्कीको उपस्थितिमा स्थानीयबासीको अबरोधपछि सैंबुमा टिपर चालकहरु भागाभाग

ललितपुरको सैंबुस्थित टिपर निशेधित क्षेत्रमा चौधरी ग्रुपले जब्बरजस्ती टिपर चलाएपछि त्यसको ललितपुर महानगरपालिका वडा नं.१८ र २५ का स्थानीयबासीले गएराती सांसद डा.तोसिमा कार्कीको समेत उपस्थितिमा पुन: अबरोध गरेपछि सैंबु क्षेत्रमा टिपर चालकको भागाभाग भयो । सो क्षेत्रका युवाहरुले टिपर निशेधित घोषणागरेको क्षेत्रमा प्रवेश गरेका केही टिपर केहीबेर नियन्त्रणमा लिएर चालकलाई सम्झाइ बुझाइ गरेर ती टिपरहरु जताबाट आएको त्यतैतिर फिर्ता पठाएको अलगपथका ललितपुरस्थित संवाददाताले जनाएका छन् ।

यही स‍ोमबार बेलुका ललितपुर क्षेत्र नं.३ बाट निर्वाचित रास्वपाकी सांसद डा.तोसिमा कार्कीको उपस्थितिमा सैंबु भैंसेपाटीका युवाहरु एकजुट भएर सो क्षेत्रमा टिपर प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

सो क्षेत्रमा टिपर चलाउन रोक लगाउनु भनेर जिल्ला प्रशासन कार्यालय, ललितपुरले ललितपुरकै भैंसेपाटीमा रहेको प्रहरी कार्यालयलाई पत्र पठाएको भन्ने कुरा सुन्नमा आएको छ , प्रहरीले भने सैंबु भैंसेपाटीमा टिपर चलाउन रोक लगाउने बारेमा केही काम नगरेको एक स्थानीयबासीले अलगपथलाई बताए तर प्रहरी भने यस बारेमा केही बताएको छैन ।

उद्योगपति समेत रहेका नेपाली कांग्रेसका सांसद विन‍ोद चौधरीको स्वामित्वको सी.जी. हिल्सले ३ आना ३ दाम ३ पैंसा सार्वजनिक प्रतिजग्गा समेत जालझेल गरि हडपेर सैंबुमा निर्माण गरिरहेको हाउजिङका लागि स्थानीयबासी सहितले टिपर प्रवेश निशेधित क्षेत्र घोषणा गरेको सैंबु क्षेत्रमा मध्यरातमा टिपरहरुमा सामान ल्याउने लाने गर्दा धेरै डिष्टर्ब हुने गरेको , जसले गर्दा बालबच्चा र बुढाबुढी विरामी पर्ने गरेको स्थानीयबासीहरको भनाइ छ । बिगत लामो समयदेखि त्यस क्षेत्रमा स्थानीयबासीहरुले टिपर प्रवेशमा अवरोध गर्दै आएका छन् तर मानिसहरु सुतिसकेपछि टिपरहरु त्यो क्षेत्रमा जब्बरजस्ती चलाउने कनर्य हुँदै आएको छ । स्थानीय प्रशासन र त्यस क्षेत्रबाट निर्वातित प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिरु भने मौन रहेको जानकारहरुको भनाइ छ । चौधरी ग्रुपले टिपर तथा १० चक्के ट्रकमा सामान ओसारपसार गर्दा उक्त क्षेत्रको बाटो भत्किएर बर्षातमा हिलाम्य र हिउदमा धुलाम्य हुने गरेको स्थानीयबासीहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *