सार्वजनिक यातायातका सवारी साधनको भाडा बृद्धि, काठमाडौं उपत्यकामा रु.१८ देखि रु.३५ सम्म भाडादर कायम

काठमाडौं/ बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७८ कार्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा चल्ने सवारी साधनको भाडा बृद्धि गरेको जनाएको छ । जस अनुसार ०-५ कि.मी. सम्म दुरीको भाडा रु.१८,०-१० कि.मी.सम्म दुरीको भाडा रु.२३,०-१५ कि.मी.दुरीको भाडा रु.२७, ०-२० कि.मी.दुरीको रु.३० र ०-२० कि.मी. भन्दा बढी दुरीको भाडा रु.३५ तय गरेको सो मन्त्रालयका सचिव अशौक कुमार शाहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी १५ के.जी. सम्मको सामानको भाडा नि:शुल्क र सो भन्दा बढी १० के.जी.को ५ का दरले भाडा दर कायम भएको उक्त विज्ञप्तिमा उल्लेख छ । न्युनतम भाडादर रु.१३ तोकिएपनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले रु.१५ भाडा तिर्नु परेको थियो ।

सार्वजनिक सवारी धनीको दवावका कारण भाडा बढाएको देखिएको छ । यही असोज १६ गतेदेखि कतिपय सवारी साधनले न्युनतम भाडादर रु.२० लिन थालेका थिए तर यात्रुको विरोध गरेका कारण प्रशासनले बढेको भाडा लिन नदिएपछि सार्वजनिक सवारी धनीले विरोध गरेका थिए ‌।

यता सार्वजनिक सवारी साधनमा भाडा बृद्धि गरेको कार्यप्रति यात्रुहरुले असन्तुष्टि जनाएको देखिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने अधिकांश यात्रु आर्थिक विपन्न अवस्थाका हुने भएकोले उनीहरुलाई समस्या हुने गरी भाडा बढाउनुको सट्टा सार्वजनिक सवारीका साधनलाई सहुलियत दिनु पर्ने भनाई उनीहरुको छ ।

Leave a Reply