सुनचाँदीका गहनामा लगाइने कर र भ्याट विरुद्ध सुनचाँदी व्यवसायी र कालीगढले -याली गर्ने

नेपाल सरकारले आ.व.२०८२/०८३को बजेटमा सुनचाँदीका गहनामा २ प्रतिशत विलासी कर र सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा लगाउन लागिएको १३ प्रतिशत मूल्य अधिबृद्धि करको विरोध गरिरहेका सुनचाँदी व्यवसायी, कर्मचारी, कालिगढ लगायतले आज काठमाडौंमा -याली आयोजना गर्ने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको नेतृत्वमा सुनचाँदीका गहनामा लगाइने सबै प्रकार कर विरुद्ध आज विहान १०:३० बजेदेखि दिउसो १:०० बजेसम्म नेपाल वायुसेवा निगमदेखि इन्द्रचोक डबलीसम्म सो -याली गर्न लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *