६ जनाको ज्यान जाने गरि भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गरिने

आज विहान चालक बाहेक ५ जना मेक्सिकोका नागरिक लिएर स‍ोलुखुम्बुको लुक्लाबाट काठमाडौं जाँदै गर्दा स‍ोलुखुम्बुकै लिखुपिके गाउँपालिका-५, लाम्जुरामा मनाङ एयरको ९-एन-एमभी (9-N-MV) हेलिकप्टर दुर्घटना भएको घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसको अध्ययन गरी सत्य तथ्य पत्ता लगाएर हवाई उडानलाई सुरक्षित बनाउन सरकारले भ‍ोलिसम्ममा छानविन समिति बनाउने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सञ्चारकर्मीलाई बताउनुभएको छ । आज विहान १० बजेर ५ मिनेट लुक्लाबाट उडेको केही समयमै दुर्घटना हुदा सो हेलिकप्टरका चालक क्याप्टेन चेतबहादुर गुरुङ तथा त्यसमा सवार मेक्सिकोका नागरिकहरु रिनकोन स्मार , सीफण्ट जी फर्नाडो, ज‍ोञ्जालेक्स एब्रिक ,सीफण्ट मारिया र गुञ्जालेज ओलाक्लोको निधन भएको र उनीहरुको शव यत्रतत्र छरिएको अवस्थामा भेटिएको हेलिकप्टर दुर्घटनाको खबर थाहा पाउनासाथ खोजीका लागि वेनी प्रहरी चौकीबाट खटिएको प्रहरीको भनाइ छ ।

हिजो लुक्ला पुगेर त्यही बास बसी आज विहान माउण्टेन फ्लाइट गएर लुक्ला फर्केका मेक्सिकोका ती नागरिकहरुलाई लिन ५४ वर्षीय दिवंगत क्याप्टेन गुरुड मनाङ एयरको हेलिकप्टर लिएर विहान लुक्ला गएका मनाङ एयरका कर्मचारीको भनाइ छ ।

मनाङ एयरको हेलिकप्टर दुर्घटनाको खबर सुने लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गर्नुभएको थियो ।

मृतक ६ जनाकै शव काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पताल तर्फ लगिएको बताइएको छ ।

उक्त हेलिकप्टर दुर्घटना रुखमा ठोकिएर भएको हुन सक्ने प्रहरीको अनुमान रहेको प्राप्त खबरमा उल्लेख छ ।


Leave a Reply