नवनियुक्त गभर्नर पौडेललाई नेपाल उद्योग परिसंघको बधाई तथा शुभकामना

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको सो परिसंघ टोलीले आज नवनियुक्त गभर्नर पौडेललाई बधाई दिदै गभर्नर प्रा.डा. पौडेलसँग मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो ।
उक्त अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानमा नेपाल राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्नुहुँदै कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, बैंकका रहेको लगानीयोग्य रकमको परिचालन कसरी बढाउन सकिन्छ लगायतका विषयमा सुझाव दिनुभयो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. पौडेलले नेपाल उद्योग परिसंघका नीतिगत सुझावहरुको सरहाना गर्नुहुँदै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको बताउनुभयो ।

त्यस बधाई तथा छलफलमा उक्त परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेमराज ढकाल, अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *