आजबाट कतार फिफा विश्वकप फुटबलका क्वाटर फाइनल खेल हुने

यही मंसिर ४ गतेबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको आजबाट क्वाटर फाइनल चरणका खेल हुने बताइएको छ । नेपाली समय अनुसार आज साझ ८:४५ बजे ब्राजिल र क्रोएसिया बीच पहिले खेल हुने छ । त्यसैगरी भरे राती १२:४५ बजे अर्जिन्टिना र नेदरल्याण्ड्स बीच दोश्रो खेल हुने छ । आज साझ हुने ब्राजिल र क्रोएसिया बीचको खेलको विजेताले भोलि विहान १२:४५ बजे हुने अर्जेन्टिना र नेदरल्याण्ड बीचको विजेतासँग सेमी फाइनल चरणको खेल खेल्ने छ । यस्तैगरी क्वाटर फाइनल चरणको तेश्रो खेल भोलि साझ ८:४५ बजे पोर्तुगल र मोरक्को बीच हुने छ भने क्वाटर फाइनल चरणको अन्तिम खेल आइतबार विहान १२:४५ बजेदेखि फ्रान्स र इङ्ल्याण्ड बीच हुने छ । भोलि साझ हुने पोर्तुगल र मोरक्को बीचको विजेताले आइतबार विहान १२:४५ बजेबाट हुने फ्रान्स र इङ्ल्याण्ड बीचको विजेतासँग सेमी फाइनल चरणको खेल खेल्ने छ । अन्यथा परिणाम नआएमा यो विश्वकपको दाबेदार ब्राजिल , फ्रान्स, अर्जेन्टिना र इङ्याण्ड मध्ये एक टोली बन्ने आँकलन गरिएको छ ।

Leave a Reply