कतार विश्वकप फुटबलमा मेस्सीसँगै एम्बाप्पे , मार्टिनेज र फर्नाण्डेजले जिते व्यक्तिगत उपाधि

अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेल सकिएसँगै कतारमा १ महिनाभर जारी २२औं सस्करणको फिफा विश्वकप फुटबल सकिएको छ । यो विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका लियोनल मेस्सीले गोल्डेन बल पाए । उनले यो विश्वकफमा उत्कृष्ट खेल खेलनुका साथै व्यक्तिगत ७ गोल र २ असिष्ट गरे । लिग चरणको पहिलो खेलमा साउदी अरैबियासँग २-१ गोल अन्तरले पराजित भएपनि यो विश्वकपका बाँकी खेल मेस्सीकै प्रेरणामा खेलेर अर्जेन्टिनाले तेश्रो पटक फिफा विश्वकप फुटबल जितेको छ ।

त्यस्तै यो विश्वकप फुटवलको फाइनल खेलमा ३ गोल गरेसँगै यो विश्वकपमा ८ गोल र २ असिष्ट गरेका फ्रान्सका केलियन एम्बापेले उत्कृष्ट गोलकर्ता बनेर गोल्डेन बुट जितेका छन् । उनी इङ्ल्याण्डका जियोफ हर्ष्ट पछि फिफा विश्वकप फुटबलको फाइनलमा ह्याट्रिक गर्ने दोश्रो खेलाडी बनेका छन् । सन् १९६६ को फिफा विश्वकप फुटबलको फाइनल खेलमा इङ्ल्याण्डका खेलाडी जियोफ हर्ष्टले पश्चिम जर्मनी विरुद्ध ह्याट्रिक गरेका थिए ‌। यस विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गरेसँगै एम्बापे यो विश्वकप फुटबलमा ह्याट्रिक गर्ने दोश्रो खेलाडी बनेका छन् ।

यस्तै यो विश्वकप फुटबलमा उत्कृष्ट गोल रक्षकको उपाधी अर्जेन्टिनाका गो रक्षक इमानुयल मार्टिनेजले जितेटा छन् । गोल्डेन ग्लोब्स जितेका मार्टिनेजले यो विश्वकपका सबै खेलका पुरा समयसम्म उत्कृष्ट खेल खेलेका मार्टिनेजले यो विश्वकपको क्वाटर फाइनल चरणको खेलमा नेदरल्याण्ड्स र फाइनल चरणका खेलमा फ्रान्सलाई ट्राइब्रेकरमा पराजित गरी अर्जेन्टिनालाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै कारण ती दुबै खेलमा ट्राइब्रेकरमा उनकै कारण अर्जेन्टिनाले जितेको थियो

त्यसैगरी यो विश्वकप फुटबलमा उत्कृष्ट युवा खेलाडी उपाधी अर्जेन्टिनाका एञ्जो फर्नाण्डेजले जितेका छन् ‌‌। पहिलो पटक विश्वकप फुटबल खेलेका फर्नाण्डेजले लिग चरणको खेलमा पोल्याण्ड विरुद्ध गोल गर्नुका साथै यो विश्वकपमा उत्कृष्ट खेल खेलेका थिए ।

यो विश्वकपको उत्कृष्ट प्रशिक्षक भने अर्जेन्टिनाका लियोनल स्कोलोनी घोषित बनेका छन्

Leave a Reply