क्यानको नयाँ नेतृत्व चयन, नेपाली क्रिकेटको व्यवस्थापकीय जिम्मेवारीमा पारश खड्का

शनिबार नेपाल क्रिकेट संंघ (CAN) को नयाँ नेतृत्व चयन भएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्विरोध चयन हुँदा आफ्नो कर्मले दर्शक र श्रोताको मनमा बास गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट ट‍ोलीका पूर्व कप्तान पारश खड्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पारी क्यानको सचिवमा निर्वाचित हुनुभयो । सचिवमा निर्वाचित भएसँगै पारश खडकाको काधमा उदियमान अवस्थामा रहेको नेपाली क्रिकेटको व्यवस्थापकीय जिम्मेवारी आएको छ । त्यसलाई उनले कुशलतापूर्वक कसरी पूरा गर्छन् , त्यो त आउदा दिनमा देखिने नै छ र स्वयं पारश खड्काले पनि आफू नेपाली क्रिकेटको व्यवस्थापकीय कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply