क्रिकेटर सन्दीप लामिछाने माथि पृरहरीद्वाया पक्राउ पूर्जी जारी, क्यानले ग-यो उनलाई निलम्वन

काठमाडौं जिल्ला अदालतको अनुमतीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने माथि नेपाल प्रहरीले आज पक्राउ पूर्जी जारी गरेको छ । प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगै क्यानले पनि उनलाई निलम्वन गरेको जनाएको छ ।

१७ वर्षीया किशोरीलाई यही भदौ ५ गते होटलमा पटक-पटक बलात्का गरेको अभियोगमा महानगरीय प्रहरी परिसर गौसालामा मुद्धा दर्ता भएपछि प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले पीडित भनिएकी किशोरीसँग बयान लिनुका साथै उनको स्वास्थ्य परीक्षण गरेको र उनीहरु बसेको भनिएको होटलको सीसी क्यामेराको फुटेज समेत संकलन गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्नको लागि यतिबेला सन्दीप लामिछाने वेष्टइण्डिजमा रहेको बताइएको छ । त्यो घटनामा आफ्नो सम्लग्नता नरहेको र त्यसका लागि कानुनी उपचारका लागि उनले क्यानसँग सहयोग मागेको क्यानका पदाधिकारीले बताएका छन् । आईसीसीले समेत यो विषयमा चासो व्यक्त गरेको उनीहरुको भनाई छ ।

प्रहरीले भने पीडक भनेर आरोपी सन्दीपलाई पक्राऊ गरी स्वदेशमा ल्याउन इण्टरपोलको समेत सहयोग लिन सकिने जनाएको छ तर सन्दीप आफै आएर प्रहरी समक्ष आत्मसमर्पण गर्छन् या प्रहरीले उनलाई पक्राउ गरे हतकडी लगाउने हो , त्यो त आगामी दिनमा देखिने नै छ ।

सन्दीप माथि पक्राउ पूर्जी जारी भएसँगै नेपाली क्रिकेटको भविष्य अब के हुने हो भनेर धेरैले चिन्ता व्यक्त गरेको देखिएको छ भने इण्डियन आईपीएल सहितका खेलमा समेत आफ्नो जादुमय खेल प्रदर्शनले तहल्का मच्याएका सन्दीप माथि पक्राउ पूर्जी जारी भएपछि धेरै नेपाली क्रिकेट समर्थकहरु निराश देखिएका छन् ।

Leave a Reply