क्रिकेट खेल्न सन्दीप लामिछाने युएई जान नपाउने

नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेको निवेदन उपर सर्वोच्च अदालतमा सुनुवाई सकिएपनि त्यसबारेमा सर्वोच्च अदालतले निर्णय नगर्दा यही फाल्गुण १५ गतेदेखि युएईमा नेपाल , युएई र पपुवान्युगिनी बीचको आईसीसी क्रिकेटको लिग टु अन्तर्गतका खेल खेल्न सन्दीप लामिछाने युएई जान पाएनन् । यो सहित सरकारी पक्षले सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैया धरौटीमा रिहा गरेको विरुद्धको मुद्धाको पेशी आउदो आइतबार तोक्न न्यायधीश ईश्वर खतिवडाको एकल इजालासले आदेश गरेको बताइएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी विनोद दासले सन्दीपलाई आफूले युएईमा एक व्यक्तिको रुपमा नभई जचपा खेलाडीको रुपमा लैजाने , युएईमा पुगेपछि एयरपोर्टबाटै खेल अवधिभर उनको राहादानी आफैसँग राखी खेल सकिएपछि उनलाई सुरक्षित रुपमा नेपाल फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त समयमा सन्दीपको पक्षबाट बहस गरेका वकीलहरुले पनि सन्दीपलाई क्रिकेट खेल्न जान दिनु पर्ने बताउनुभयो । त्यस अवसरमा न्यायधीश खतिवडाले सन्दीपको क्रिकेट करियर उच्च बनोस भन्ने कामना गर्दै प्रक्रिया त पूरा गर्नु प-यो भन्न भएको थियो ।

Leave a Reply