नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्मजयन्ती

काठमाडौं/ आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती नेपाली भाषा र साहित्यसँग सम्बन्धित साहित्यिक तथा सांस्कृतिक संघ/संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् ‌। वि.सं.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका राष्ट्रिय विभूति भानुभक्त आचार्यको वि.सं.१९२५ असोज ६ गते निधन भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका भानुभक्त आचार्य एक जना घासीको प्रेरणाले नेपाली साहित्य श्रृजनामा लाग्नु भएको तथ्य छ । नेपाली साहित्यको प्राथमिक कालका केन्द्रीय कवि भानुभक्त आचार्यले रामभक्ति धारामा केन्द्रित रहेर कलम चलाएको देखिन्छ । वाल्मीकि ऋषिले संस्कृत भाषामा रचना गरेको रामायण नेपाली भाषामा अनुवाद गरेका भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृतिका साथै फुटकर कविताहरु रचना गर्नु भएको पाइन्छ । ‘भोलिभोलि भन्दाभन्दै हुने भयो झोली’ कविता लेखेर उहाँले भोलिवादको बिरोध गरेको देखिन्छ । उहाँका कृतिहरु मध्ये बधुशिक्षाको भने यतिबेला कतिपय मानिसहरुबाट आलोचना भएको देखिएको छ ‌ ।

धनञ्जय आचार्यका छोरा आदिकवि भानुभक्त आचार्यलाई जनमानसमा चिनाउने कार्यमा भने युवा कवि तथा राष्ट्रिय विभूति मोतिराम भट्टको महत्वपूर्ण योगदान रहेको देखिन्छ ।

Leave a Reply