नेपाली भाषालाई ‘खस भाषा’ भन्ने कुनै निर्णय भएको छैन : नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने कुनै निर्णय नभएको जनाएको छ । सोही प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुबेदीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानको बर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाक‍ो संज्ञा दिदै प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषा , व्याकरण र शव्दकोश विभाग हटाउने काम गरेको भनी गलत एवं भ्रामक समाचार सम्प्रेषण भइरहेको विषयमा घम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

Leave a Reply