लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२० लाई मदन पुरस्कार , जगदम्बा श्री पुरस्कार भेरवबहादुर थापालाई

ललितपुर / बिगतका वर्षहरुमा झैं यस वर्ष स्रष्टा भगिराज इंनामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२०’ लाई मदन पुरस्कार प्रदान गरिने भएको छ । वि.सं.२०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीको यही असोज ७ गते बसेको बैठकले पुरकारका लागि छनौट भएका विभिन्न स्रष्टाका ९ वटा कृति मध्ये उक्त कृतिलाई वि.सं.२०१२ सालमा स्थापना भएको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । उक्त पुरस्कारका लागि सो गुठीमा २२२ जना लेखकका १/१, वटा पुस्तक प्राप्त भएको उक्त गुठीको भनाई छ ।

त्यसले गरी वि.सं. २०४५ सालमा स्थापना भएको जगदम्बा श्री पुरस्कार बिगत ७ दशकदेखि नृत्य विधाको अध्ययन , अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्बत नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहदै आउनु भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।

मदन पुरस्कारको छनौटमा प्रतिस्पर्धाका लागि सम्बन्धित पुस्तकका लेखक या प्रकाशकले आवेदन दिनु पर्ने मदन पुरस्कार गुठीले थिति बसाएकाले कतिपय स्वाभिमानी लेखकहरु आफ्नो कृति पुरस्कृत होस् भनेर निवेदन हाल्न नजाने भएका कारण बजारमा आएका कतिपय स्तरीय कृति मदन पुरस्कार पाउनबाट बञ्चित भएको देखिएको छ ।

मदन पुरस्कारलाई दीक्षित परिवारले कहिलेकाही आफ्नो व्यवसायिक नाफा/घाटासँग जोढ्ने गरेकाले यो पुरस्कार बेलाबेलामा विवादित बन्ने गरेको कतिपय स्रष्टा बताउछन् । उनीहरु भन्छन्- ‘जस्तै साहित्यकार कृष्ण धराबासीको ‘शरणार्थी’ उपन्यास मदन पुरस्कार पाउन योग्य थियो त्यो त्यो पुस्तक बजारमा आएको साल दीक्षित परिवारले आफ्नो व्यवसायिक स्वार्थले ‘शरणार्थी’ लाई नभई अर्कै कृतिलाई पुरस्कृत गरिको थियो ।’

Leave a Reply