जेलबाट छुटे अभिनेता पल शाह

नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाह उर्फ पूर्णविक्रम शाह आज जेलबाट छुटेका छन् । उनलाई उनलाई उनका समर्थकहरुले स्वागत गर्नुका साथै उनको पक्षमा नाराबाजी गरेका थिए । आफूलाई स्वागत गर्न आएका समर्थकहरुलाई जेलबाट छुटेपछि उनले धन्यबाद भनेका थिए ।

हिजो उच्च अदालत, पोखराले उनी माथि लागेको नाबालिका बलात्कार अभियोग पुष्टि हुने प्रमाण नपुग्ने ठहर गर्दै उनलाई जेलबाट रिहा गर्न आदेश दिएको थियो ।

Leave a Reply