बुद्धवीर लामा एघारौं गीतिमय साँझ-२०७९ सम्पन्न

शनिबार प्रयास मञ्च नेपालको प्रस्तुतीमा बुद्धवीर लामा एघारौं गीतिमय साँझ-२०७९ सम्पन्न भयो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त साँझमा वरिष्ठ गीतकार बुद्धवीर लामाद्वारा रचित गीतहरु कुन्ती मोक्तान, यम बराल , सत्यकला राई , पार्वती राई नारायण लामा लगायतका वरिष्ठ कलाकारहरु सहितले गाउनुभएको थियो भने र विभिन्न विद्यालयका विद्यार्थी लगायतले वरिष्ठ गीतकार लामाले रचना गरेका गीतहरुमा नृत्य प्रस्तुती गर्नुका साथै महादेव त्रिपाटी सहितका हास्य कलाकारले हास्यव्यङ्ग्य कार्यक्रम प्रस्तुती गर्नु भएको थियो । दर्शक तथा श्रोताहरुले खचाखच भरिएको त्यस कार्यक्रममा स्वदेश तथा विदेशमा रहेर नेपाली कला , संस्कृति , साहित्य, शिक्षा , खेलकुद लगायतको विकासमा महत्वपूर्ण योगदान गरेको साहित्यकार देउडा गायक नन्दकृष्ण जोशी, प्रतिक ढकाल, चलचित्र निर्माता नवल खड्का सहितका नेपाली तथा नेपाली मूलका प्रवासी सर्जकहरुलाई भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ गीतकार बुद्धवीर लामा , ज्ञानोदय वालवाटिका स्कूल, खोकना , ललितपुरकी फाउण्डर इन्दिरा याक्थुम्बा र कार्यक्रम संयोजक जसु लामाले सम्मान गर्नुभयो । म्याराथुन धावक बैकुण्ठ मानन्धर , संगीतकार टीका भण्डारी लगायतको उपस्थिति रहेको त्यस कार्यक्रममा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले

वरिष्ठ गीतकार बुद्धवीर लामाको नेपाली गीत संगीत लगायत सामाजिक क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै धेरै प्रतिभा , कृषि र प्रकृतिको खानी इलामलाई नकुदिएको हिरा भनिने गरेको प्रसङ्ग उल्लेख गर्दै इलामलाई समृद्ध बनाउने कार्यमा लाग्नु पर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन लाग्नु पर्ने खाँचो औंल्याउनुभयो । कार्यक्रममा वरिष्ठ गीतकार बुद्धवीर लामाले

आफूले ६५ वर्षको उमेरमा पर्वतीय म्याराथुन दौड पूरा गरेको प्रसङ्ग उल्लेख गर्दै नेपाली कला, संस्कृति, खेलकुद, साहित्य, शिक्षा लगायतको विकासका लागि आफू निरन्तर लागिरहने बताउनुभयो । उहाँले आफूले धेरै पहिले रचना गरेको हुम्ला जुम्ला रारा ताल गाडी चडी कहिले पुग्ने हो’ बोलको गीतले हुम्ला जुम्लामा गाडी पु-याउन ऊबेलाका सांसदहरुले दवाव महशुस गरेर संसदमा बोलेको प्रसङ्ग उल्लेख गर्नुभयो । आफूले यातायात विभागमा रहदा सार्वजनिक यातायातका साधनमा जेष्ठ नागरिक, महिला र अपाङ्ग आरक्षण सीटको व्यवस्था गरेको र यातायात व्यवस्था विभाग भित्रको बेथिति हटाउन सकिएपनि त्यो बापत आफूले आर्थिक रुपमा कठिनाई झेल्नुपरेपनि सहयोगी मनहरुको सहयोगले एघारौं वर्षसम्म यो साँझ हरेक वर्ष गर्न सकिएको र सामाजिक क्षेत्रमा पनि योगदान पाउदा त्यसले आफूलाई खुशी बनाएको छ’, भन्नुभयो ।

त्यस अवसरमा महिलाहरुले सञ्चालन गरेको काठमाडौंको फुटुङको नौमती बाजा समूहले नौमती बाजा बजाएर त्यस साँझमा पुगेका महानुभावहरुलाई स्वागत गरेको थियो ।

बिगत ११ वर्षदेखि वरिष्ठ गीतकार बुद्धवीर लामाको अगुवाईमा हरेक वर्ष वरिष्ठ यो साँझ हुदै आएको छ । निजमती प्रशासन क्षेत्रमा रहेर लामो समय कार्य गरेका वरिष्ठ गीतकार लामाको गीत रचनाकाका साथै खेलकुद क्षेत्रमा समेत योगदान गर्नु भएको छ ।

वरिष्ठ गीतकार लामाले रचना गरेका गीत गाएर गायिका उषाकिरण अधिकारी , गायक यम बराल, गायिकाहरु सत्यकला राई र पार्वती राई लगायतका कलाकारहरु नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका थिए ‌‌‌। उहाँले रचना गरेका गीत गायिकाहरु कुन्ती मोक्तान, सुक्मित गुरुङ, गायक नारायण लामा लगायतका कलाकारले गाउनु भएको छ भने उहाँका गीतमा संगीतकार दिनेश सुब्बा, शान्तिराम राई लगायतले संगीत भर्नु भएको छ । उहाँले रचना गरेका सबैजसो गीतहरुलाई दर्शक/श्रोताले अधिक रुचाएका छन् ।

Leave a Reply