भिषण,झुमा र गौतमको नयाँ गीत ‘स्वर्गसरी इलाम’ पर्यटन प्रवर्द्धनमा क‍ोशेढुंगा

उदियमान गायक तथा संगीतकार भिषण निरौलाको संगीत तथा उनै भिषण निरौला र गायिका झुमा निरौलाको स्वर एवं सर्जक गौतम डंग‍ोल ‘सन्देश’ को शब्द रचना रहेको नयाँ गीत ‘स्वर्गसरी इलाम’ सार्वजनिक भएको छोटो समयमा नै दर्शक तथा श्रोता माझ प्रिय बन्दै गएको देखिएको छ । १५ जनाको सुटिङ समूहले लगातार ७ दिन लगाएर इलामका माइपोखरी , इलामबजार , इलाम चिया बगान , देउराली , बिब्ल्याटे बजार , पानीटार , नाराणस्थान, साँखेजुङ्ग, सेतीदेवी , पञ्चकन्पा , पुवाखोला, माईखोला, आइतबारे, फिक्कल बजार , कन्याम, सानो पाथीभरा, श्रीअन्तु र पशुपतिनगरको मनोरम दृश्य छायांकन गरिएको यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो म्युजिक भिडियोमा गायक तथा संगीतकार भिषण निरौला र गायिका झुमा निरौलाको अविनय पनि रहेको देख्न सकिन्छ ।

स्वर्गसरी इलाम‘ गीत सुनेका र यसको म्युजिक भिडियो हेरेका श्रोता तथा दर्शकहरु यो गीत विशेष गरी इलामको थप यर्यटन प्रवर्द्धनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्छन् ।

काठमाडौंको पुतलीसडकस्थित भ्वाइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ म्यानेज एरेञ्जर तथा रेकर्डिष्ट प्रदीप श्रेष्ठले गर्नु भएको छ । समिश्रण मुभिज एण्ड इण्टरटेनण्ट प्रा.लि.ले निर्माण गरेको यो गीतको म्युजिक भिडियोको निर्देशन निर्देशक अञ्जन शर्माले गर्नुभएक‍ो छ । विशेषगरी इलामको थप पर्यटन प्रपर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पो गीत दर्शक तथा श्रोता माझ पस्किएको यस गीत प्रस्तोताहरुको भनाई छ ।

Leave a Reply