आजबाट तिहार शुरु , कागको पूजा गरिदै

आजबाट यस वर्षको तिहार शुरु भएको छ । तिहारको पहिलो दिन आज मिठो परिकार खान दिएर कागको पूजा गरिदै छ । कागलाई सूचनाको संवाहकको रुपमा लिने चलन छ ।

यसैगरी दोश्रो दिन कुकुर , तेश्रो दिन गाई , चौथो दिन गोरु तथा गोवर्द्धन पूजा गर्ने र त्यसै साझ नेवार समुदायले म्ह:(शरीर)को पूजा र पाँचौं दिन भाइ टीका लगाउने चलन छ ।

Leave a Reply