आजबाट नेपाल संवतको नव वर्ष ११४३ शुभारम्भ

नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वत ११४३ को नव वर्ष ११४३ आजबाट शुभारम्भ भएको छ । नव वर्षको उपलक्ष्यमा एक अर्कामा शुभकामना आदान प्रदान गर्ने कार्य गरिरहेका छन् , यसमा पनि नेवार समुदायले यो सम्वतको नव वर्षलाई विशेष पर्वको रुपमा एक अर्का शुभकामना शुभकामना आदानप्रदान गरी विभिन्न सामाजिक संघ/संस्थाहरुले झाँकी र -याली आयोजना गरी मनाउने गरेपनि यस वर्ष भने वाङ्मय शताव्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा गत हप्ता निधन भएकोले उहाँको शोकका कारण झाँकी र -याली ननिकाली सामान्य रुपमा एक अर्कामा शुभकामना आदान गर्ने बताइएको छ । यो नव वर्ष शुभारम्भको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल सहित विभिन्न राजनीतिक दलका नेताहरु लगायतले शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले ऋण तिर्न नसकेका ऋणीहरुको ऋण मोचन गर जनतालाई मुक्त गरेको दिनबाट यो सम्वत शुरु भएको मानिन्छ ।

Leave a Reply