आजबाट स्वस्थानी ब्रत शुरु

आजबाट विशेष गरी हिन्दु धर्मावलम्वीहरुले स्वस्थानी ब्रत शुर गरेको छन् । १ महिनासम्म चल्ने यो ब्रत लिनेहरुले नुहाईधुवाई गरी पूजापाठ गरी एक/दुई अध्याय स्वास्थानी किताव पढेर बिहान खाना खाने र साझ फलहार खाने गर्छन् । यो एक महिनाभर स्वस्थानी कथा बाचन र श्रवण गर्ने प्रचलन गर्ने चलन छ । यो एक महिना भित्र मात्रै स्वस्थानी कथा बाचन र श्रवण गर्नुपर्छ मान्यता रहेकोले यो समयमा स्वस्थानी पुस्तकको सबै अध्याय कथा दोहो-याई तेहे-याई बाचन र श्रवण गर्ने गरिन्छ । यो ब्रत सामान्यतया:, अर्को महिनाको पूर्णिमाकै दिन साङ्गे गरेर सकिने भएफछि १५ दिनपछिको औंशीपछि जुनसुकै दिन आफ्नो अनुकुलता अवस्था हेरेर धेरै ब्रतालुहरुले साङ्गे गर्ने गरेको पाइन्छ । यो एक महिनाभरी काठमाडौं साखुस्थित साली नदीमा मेला लाग्ने गर्दछ । यसलाई राम्रोसँग व्यवस्थापन गरी साखु क्षेत्रमा धार्मिक पर्यटंनको विकास र प्रवर्द्धन गर्नु पर्ने आवाज उठिरहेको छ । स्वस्थानीको ब्रत लिएका ब्रतालुको घरभित्र सो ब्रत अवधिभर माछामासु हुल्नु हुदैन भन्ने मान्यता रहेको पाइन्छ ।

कतिपय मानिसहरु भने स्वस्थानी पुस्तक नेपाल भाषाबाट नेपाली भाषामा उल्था गरेर बजारमा पुगेपछि हिन्दु आर्य समाजमा यो ब्रत लिने क्रम बढेको बताउछन् ।

Leave a Reply