गोरु, हली र गोवर्दन पुजा गरिदै , कतिपय नेवार समुदायले आजै भाइटीका लगाउने

आज तिहारको चौथो दिन गोरु, हली र गोवर्द्धन पुजा गरिदै छ । प्रविधिको विकास नहुदासम्म कृषि उत्पादनमा महत्व गोरु र हलीको योगदान महत्वपूर्ण रहेको छ । जमिन जोत्न महत्पूर्ण भूमिका रहने गरेका कारण ‘ विशेषत: पूर्वी पहाडका कतिपय गाउँघरमा ‘बाबुआमा मर्दा घीऊ र भात , गोरु मर्दा पुर्पूरोमा हात‘ भन्न उखान प्रचलित रहेको पाइन्छ ।

यसैगरी श्रीकृषणले गोवर्द्धन पर्वतको सहयोगमा उहिले वर्षात गराएर खेतीपाती गराएको किंवदन्तीको आधारमा गोवर्द्धन पूजा गर्ने गरेको कतिपयको भनाई छ ‌‌।

यता गएको साझ नै म्ह: पूजा गरेका नेवार समुदायका कतिपय मानिसहरुले आजै साझ भाइटीका लगाउने बताएका छन् ।

मंगलबार गाई पूजा र म्ह: पूजा सम्पन्न

तिहारको तेश्रो दिन मंगलबार हिन्दु धर्मावलम्वीहरुले लक्ष्मीको रुपमा मानिएकी गाईको पूजा गरेका छन् । दूध र मलमुत्र दिने गाईको गहुँतलाई हिन्दु धर्मावलम्वीहरुले पवित्र तरल पदारथको रुपमा उपयोग गर्ने गर्दछन् । गाईको गहुँतलाई आयुर्वेदिक औषधिको रुपमा पनि उपयोग गर्ने गरिएको जानकारहरु बताउछन् । यतिबेला शहरी क्षेत्रमा पालिएका सिङ र जुरो नभएका गाईको गहुँतको पवित्रतामा भने कतिपयले आशंका गरेको देखिन्छ ।

त्यस्तै तिहारको चौथो दिन म्ह: पूजा गर्दै आएका नेवार समुदायका कतिपयले भने यस वर्ष तिहारको तेश्रो दिन साझ मा नै म्ह: पुजा गरेका छन् ।

तिहारको पहिलो दिन आइतबार काग र दोश्रो दिन सोमबार कुकुरलाई मिठा-मिठा खानेकुरा खान दिएर पूजा गरिएको थियो । तिहारको तेश्रो दिन गाईतिहारको दिन साझ लक्ष्मीपूजा गरिने परम्परा रहेपनि पञ्चाङ्ग निर्णय समितिको निर्णय अनुसार यस वर्ष पनि सोमबार साझ नै लक्ष्मीपूजा गरिएको थियो ।

यस वर्ष नि मुडुला कार्कीले गरेनन् गाईको पूजा

हिन्दू धर्म मान्ने गरेपनि मष्टलाई कुल देवताको रुपमा मान्ने मौदगल गोत्री मुडुला कार्कीहरुले यस वर्ष पनि गाईको पूजा गरेनन् । मुडुला कार्कीले तिहारमा गाईको पूजा गरे गाई रुखमा चढ्छ भन्ने मान्यता रहेकाले उनीहरुले तिहारमा गाई र गोरुको पूजा नगर्ने गरेको बताउछन् । ‘शुरुमा मष्ट पूजक मुडुला कार्कीहरुले खस साम्राज्य कालमा बौद्ध दर्शनबाट प्रभावित भएर त्यही अनुसारको आचरण गर्ने गरेको देखिन्छ । त्यहीकरण राज्यको दमनका कारण पछि हिन्दू बन्न विवश मुडुला कार्कीहरुले घरमा मठ बनाएर तुलशा नरोप्ने र तिहारमा गाई र गोरुको पूजा नगर्ने गरेको’ कतिपय जानकारहरु बताउछन् ।

Leave a Reply