आज नागको पुजा गरिदै, कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं/ आज नागपञ्चमी पर्व । आज नागको पुजा गरिदै छ । साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमीको दिन घरमा नागको चित्र टासिएमा सर्प , नाग जस्ता जीवले दु:ख दिदैनन् भन्ने जनविश्वास रहेकोले आज घर-घरमा नाग टासिदै छ । परिवारका सदस्यको मृत्यु भएको वर्षदिन नपुगेका परिवारको घरमा भने नागको चित्र नटासिने चलन रहेको पाइन्छ । आजबाट हिउद लागेको जनविश्वास पनि रहेको छ । नगपञ्मीदेखि ठूला चाडपर्व शुरु हुने गरेको देखिन्छ ।

नागपञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले भने आज सार्वजनिक बिदा दिएको जनाएको छ ।

…………………………………………………………………………

Leave a Reply