उभौली पर्व मनाउदै किराती समुदाय, आजै गरियो गोठधुप

काठमाडौं/ आज किराती समुदायले आफ्नो रीति अनुसार धुमधामसँग उभौली पर्व मनाइरहेका छन् । विशेषगरी राई , लिम्बु , याक्खा र सुनुवार जातिले मनाउने यो पर्वमा ठाउँ विशेष अनुसार प्रकृति पूजा गर्दै आफ्नो परम्परागत भेषभुषामा सजिएर कतै धान नाचेर त कतै चण्डी नाचेर र त कतै च्याब्रुङ नाचेर रमाइलो गरी यो पर्व मनाउने चलन छ । खेतीपाती लगाउने समय भएकोले परदेशबाट खेतीपाती लगाउन घर फर्किने चलनको रुपमा पनि यसलाई मनाउने चलन रहेको कतिपय जानकारहरुको भनाई छ । कतिपय मानिसहरुमा आजबाट नदी/खोलामा रहेका माछा नदी/खोलाको शीरतिर लाग्छन् भन्ने विश्वास रहेको पाइन्छ ।

गरियो गोठधुप

विशेषगरी पहाडका गाउँघरमा खेतीपाती र पशुपालन गर्ने आर्यन समुदायका नजिकका भाइबन्धुहरुले भेला भएर आज गोठधुप गरी प्रकृति पूजा गरेका छन् । कुनै कारणबश गोठधुप गर्न रोकिएमा बैशाखी पूर्णिमा लगत्तै पछिको पञ्चमीमा गोठधुप गर्ने चलन रहेको पाइन्छ ।

यतता आज आर्य समुदाय भित्रका विभिन्न थरका मानिसहरुले भेला भएर आफ्नो कुल पुजा/देवाली गरिरहेका खबर पनि प्राप्त भ एको छ ।

Leave a Reply