संस्कृतिविद सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते सार्वजनिक बिदा

संस्कृतिविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल सरकारले २०७९ कार्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने भएको छ । आज गृह मन्त्रालयद्वारा जारी भएको सूचनामा सो कुरा उल्लेख छ ‌।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ७ गतेदेखि ललितपुरको किष्ट शिक्षण अस्पतालमा उपचाररत रहेकै बेला आइतबार बिहान ७ बजेर ९ मिनेटमा संस्कृतिविद जोशीको दु:खद निधन भएको थियो । उहाँको पार्थिव शरीर किष्ट शिक्षण अस्पतालबाट लगी श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालय परिसरमा राखिएको थियो । त्यहाँ पुगेर प्रधानमन्त्री शेरबहादुर दूउवाले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउनुभएको थियो भने त्यहीं नेपाल प्रहरीको टुकडीले उहाँप्रति सम्मानगारथ अर्पण गरी सम्मान गरेको थियो ।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि उहाँको पार्थिव शरीर मेडिकल साइन्सका विद्यार्थीहरुको अध्ययनका लागि किष्ट शिक्षण अस्पणाललाई हस्तान्तरण गरिएको थियो । बिगत लामो समयदेखि उहाँको नि:शुल्क उपचार गर्दै आएको किष्ट शिक्षण अस्पताललाई सस्कृतिविद जोशीले आफ्नो मृत्यु पछि आफ्नो पार्थिव शरीर दान गर्नु भएको थियो ।

यता ललितपुरको शंखमुलस्थित बागमती किनारमा रहेको घाटमा संस्कृतिविद एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको परिवारले उहाँको जन्मकुण्डली (चिना) जलाएर अन्त्येष्टि संस्कार गरेको बताइको छ ।

Leave a Reply