हरिबोधनी एकादशीको दिन आज तुलशीको विवाह गरिदै

असारको हरिसयनी एकादशीका दिन रोपेको तुलशीको विवाह गरी आज हरिबोधनी एकादशी मनाइदै छ तर हिन्दु धर्म नै मानेपनि मौदगल्य गोत्र मान्ने मुडुला कार्कीहरुले भने आफ्नो घर- आँगनमा मठ बनाएर तुलशी रोप्ने चलन नरहेकोले उनीहरु तुलशीको विवाह गर्ने कार्यमा सहभागी हुने गरेका छैनन् ।

आज चोखोनितो भएर ब्रत बस्ने , धानबाट बनेका खानेकुरा खान नहुने तर सुठुनी , , उखु, फलफुल तथा कन्दमुल मात्र फलारको रुपमा खान हुने हिन्दु धर्मावलम्वीहरुको भनाई छ । आज पशुपतिनाथ लगायतका विभिन्न मठ मन्दिरहरुमा दर्शन गर्न जानेहरुको संख्या निकै ठुलो देखिएको छ । पशुपतिनाथ मन्दिर सजाइएकोले निकै राम्रो देखिएको छ । आजै संखुवासभाको चैनपुरको वालेश्वर , खाँदबारीको मनकामना लगायतका धार्मिक स्थलहरुमा मा ठूलो मेला लागिरहेको छ ।

कतिपय हिन्दु धर्मावलम्वीहरुमा हरिशयनी एकादशी दिनबाट सुतेका भगवान विष्णु आज निद्राबाट व्युझिन्छन् भन्ने विश्वास पनि रहेको पाइन्छ ।

कतिपय स्थानम गत तिहारबाट शुरु भएको देउसी आजबाट सकिने मान्यता रहदै आएको छ ।

Leave a Reply