त्रि.वि.का कलेजमा आजबाट विज्ञान संकायको ४ वर्षे स्नातक तहको भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय , विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आजबाट आफ्न आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजभा विज्ञान संकायको ४ वर्षे स्नातक तह , प्रथम वर्षको पठन पाठनको लागि भर्नाको लागि आवेदन खुल्ला गरेको जनाएको छ । आजबाट आउदो असोज २३ गतेसम्म रु.१,५०० शुल्क तिरेर र आउदो असोज २४ गतेदेखि कार्तिक २ गतेसम्म दोब्बर दस्तुर तिरेर सो भर्ना फारम बुझाउन सकिने बताइएको छ । त्यसको प्रवेश परीक्षा भने आउदो कार्णिक १९ गते हुने छ । यसको शैक्षिक कार्यक्रम सेमेष्टर प्रणालीमा हुने जनाइएको छ ।

Leave a Reply