त्रि.वि.को एमबीएस र एमबीएको पठन पाठन असोज १ गतेदेखि हुने

काठमाडौं / त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गतको एमबीएस (MBS) र एमबीए(MBA) को पठनपाठन आउदो असोज १ गतेदेखि हुने भएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गर्दै ती विषयको पठनपाठन गर्ने विद्यार्थीले लागि यही भदौ ३० गतेभित्र भर्ना गरी सक्नु पर्ने जनाइएको छ । त्रिभुवन विश्वविद्यालय , व्यवस्थापन संकायले उक्त विषयहरुको इन्ट्रान्स परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गरी सकेको छ ।

यता कोरोना महामारीको जोखिम कम हुन थालेसँगै देशका विभिन्न स्थानहरुमा शिक्षण संस्था सञ्चालन हुन थालेका छन् । काठमाडौं महानगर लगायतका स्थानका शिक्षण संस्था पनि सञ्चालन गर्ने वातावरण निर्माण कार्य भइरहेको बताइएको छ ।

Leave a Reply