सहकारी विज्ञ डा.देशमर्दन बस्न्यात नेपाल विद्याभुषण ‘क’ पदकबाट सम्मानित

सहकारी विज्ञ डा.देशमर्दन बस्न्यात नेपाल विद्याभुषण ‘क’ पदकबाट सम्मानित हुनुभएको छ । उहाँलाई यस वर्षको राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारद्वारा सो पदकबाट सम्मान गरिएको हो ।

सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा क्रियाशील डा.बस्न्यातले कोभिड-१९ को महामारीको समयलाई उपय‍ोग गरी राष्ट्रिय सहकारी विकास बोर्डको छात्रवृत्ति सहय‍ोमा प्यासिफिक युनिभर्सिटीबाट सहकारीका कर्मचारी विषयमा विद्यावारिधि गर्नुभएको हो । अन्तर्राष्ट्रिय सहकारी महासंघ लगायतका विभिन्न फोरममा सहकारी क्षेत्रको विषयमा पेपर प्रेजेण्ट गर्नु भएका डा.बस्न्यात प्राध्यापनसँगै काठमाडौं महानगरपालका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को प्रबन्ध निर्देशक हुनुहुन्छ । काठमाडौंको धर्मस्थली निवासी उहाँ गत वर्ष नेफ्स्कूनद्वारा विद्वत पुुुरस्कारबाट सम्मानित हुनुभएक‍ो थियो ।

Leave a Reply