स्थायी शिक्षक भएर अध्यापन गरिरहेका पूर्व अस्थायी शिक्षक अवकास हुदा रित्तै

शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक भएर अध्यापन गरिरहेका पूर्व अस्थायी शिक्षकहरु अवकास हुदा रित्तै भएको देखिएको छ । अस्थायी शिक्षकहरुको लामो समयसम्म चलेको संघर्षपछि नेपाल सरकार अस्थायी शिक्षकहरुलाई स्थायीका लागि शिक्षा सेवा आयोगको परीक्षा एक पटकका लागि सञ्चालन गर्न सहमत भएपछि शिक्षा सेवा आयोगले अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने प्रयोजनका लागि सञ्चालन गरेको सो परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक भएर विद्यालयमा अध्यापन गरिरहेका शिक्षकहरु उमेर हदका कारण अवकास हुदा उनीहरुको स्थायी अध्यापनको समयाबधि शिक्षा ऐन र नियमावलीमा उल्लेख भए अनुरुप समयाबधि उनीहरु रित्तै घर जान बाध्य भएका हुन् । आगामी मंसिर २ गते उमेर हदका कारण अवकास हुन लागेकी ललितपुर महानगरपालिका भित्रको एक सार्वजनिक विद्यालयकी शिक्षक ‘आफूलै जीवनमा ३२ वर्ष अध्यापन गरियो तर जागिरबाट अवकास हुदा कुनै सुबिधा नपाई रित्तै हुने भइयो’, भन्नुहुन्छ । उमेर हदका यस अघि अवकास पाएका पूर्व शिक्षकले पनि कुनै सुविधा नपाएको पीडितको भनाई छ । तत्कालीन अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष नीरेन्द्र कुँवर भने सरकारले आफूहरुसँग गरेको सहमती-पत्रमा शिक्षा सेवा आयोगले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक भएका पूर्व अस्थायी शिक्षकको अवकास हुदा उनको अस्थायी अध्यापनको समयको पनि गणना गरी उनलाई निबृत्तिभरणको सुविधा प्रदान गर्ने सहमती गरेकोले त्यसलाई राज्यले कार्यान्वयन गर्नु पर्ने बताउनुहुन्छ । शैक्षिक गणतान्त्रिक मञ्चका पूर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारी ‘राज्यले लामो समयसम्म शिक्षा आयोग मार्फत विद्यालयका रिक्त शिक्षक दरबन्दी पदपूर्ति नगरी अस्थायी शिक्षकको भरमा विद्यालय सञ्चालन गर्ने नीति लिएकाले अस्थायी शिक्षक भएर लामो समयसम्म विद्यालयमा अध्यापन गरेका र उनीहरुको स्थायीका लागि शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक भएर विद्यालयमा अध्यापन गरेका शिक्षकहरु उमेर हदका कारण अवकास हुदा रित्तो हात घर जानु पर्ने अवस्था आउनु दु:खद भएकोले यस्तो अवस्था आउन नदिई ती शिक्षकहरुको अस्थायी सेवा अवधि समेत जोडेर निबृत्तिभरण लगायतका सेवा र सुविधा प्रदान गर्नुपर्छ किनकी यस्ता शिक्षकहरुको संख्या पनि थोरे छ’, भन्नुहुन्छ ।

करिव ५ वर्ष समय अगाडि शिक्षा सेवा आयोगले अस्थायी शिक्षकहरुलाई स्थायीका लागि सञ्चालन गरेको परीक्षामा उत्तीर्ण भएका शिक्षकहरुले स्थायी शिक्षक भएर विद्यालयमा अध्यापन जारी राखेका थिए भने सो परीक्षामा अनुतीर्ण भ एकि अस्थायी शिक्षक गुड ह्याण्डचेकको सुविधा लिएर घर गएका थिए ।

Leave a Reply