४ विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा संयुक्त रुपमा भाग लिने

४ वटा कम्युनिष्ट पार्टी निकट ४ विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा संयुक्त रुपमा भाग लिने निर्णय गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा आइतबार बसेको ४ विद्यार्थी संगठनको बैठकले उक्त निर्णय गरेको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्राई , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन , नेपालका संयोजक करण बुढा र सुशिल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) निकट अखिल (क्रान्तिकारी)का संयोजक कपिल सिजापतीले सो प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply