अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष र महासचिवमा राजकुमार

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा राजकुमार खत्री , महासचिवमा राजकुमार थापा र सचिवमा पवन खवास चयन हुनुभएको छ भने केन्द्रीय समिति सदस्यमा केशव थापा, रामकुमार चौधरी, विष्णु चौधरी , कमल पोखरेल, रामकुमार निरौला , चतुर्मान राई, धिरेन खवास र पूजा सरदार हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख एवं सोही महासंघका इन्चार्ज कृष्णहरि भट्टको अध्यक्षतामा हिजो र आज विराटनगरमा बसेको बैठकले यस अघि अखिल नेपाल ट्रेड युनियन रहदै आएकोमा अबदेखि यसको नाम अखिल नेपाल ट्रेड यूनियन महासंघ राख्ने निर्णय गरेको बताइएको छ । बैठकले बजारमा आकाशिएको महङ्गीको अनुपातमा श्रमिकहरुको तलव तथा सेवा सुविधा बृद्धि नभएको भन्दै अबिलम्ब महङ्गीको अनुपातमा श्रमिकहरुको तलव तथा सेवा र सुविधा बृद्धि गर्न सरकार तथा सरोकारवाला पक्ष समक्ष माग गरेको छ । हाल सञ्चालनमा रहेका ट्रेड युनियनहरु अर्थवादमा पतन भएको निश्कर्ष निकालेको सो बैठकले श्रमिक वर्गको हक , हित र अधिकारका लागि क्रियाशील क्रान्तिकारी संगठन अखिल नेपाल ट्रेड युनियन महासंघमा श्रमिकहरुलाई गोलबन्द हुन आह्वान गरेको छ । उक्त बैठक त्यस महासंघको सांगठानिक योजना निर्माण गर्नुका साधै समसामयिक प्रस्ताव पारित गरेको जनाइएको छ । बैठकले उक्त महासंघका अध्यक्ष राजकुमार खत्री , महासचिव राजकुमार थापा , सचिव पवन खवास तथा केन्द्रीय सदस्यहरु केशव थापा , रामकुमार चौधरी , रामकुमार निरौला , विष्णु चौधरी रहेको सचिवालय निर्माण गरेको बताएको छ ।

उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा १ नं.प्रदेश समितिका अध्यक्ष सतिलाल चौधरी बैठकको सफलता शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply