अधिकांश स्थानमा देउवा र ओली गठबन्धनका उम्मेद्वारहरु वीच कडा प्रतिस्पर्धा हुने

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिसँगै उम्मेद्वारहरु मतदाताहरुका पुग्ने र मत माग्ने क्रम तीव्र ढंगबाट अगाडि बढिरहेको छ तर यो निर्वाचनमा देउवा र ओली नेतृत्वका दलहरुको गठबन्धनका उम्मेद्वारहरु बीच एकाध बाहेकका सबैजसो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने जानकारहरु बताउछन् । यो निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुका तर्फबाट खडा भएका र स्वतन्त्र उम्मेद्वारहरु आफूले चुनाव जितेमा गर्ने कार्यको मतदाताहरु समक्ष फेहरिस्त प्रस्तुत गर्ने कार्य पनि गरिरहेका देखिन्छ तर अधिकांश मतदाताहरु भने उम्मेद्वारहरुको पक्षमा खुलेका छैनन् ।

दुबै गठबन्धनको साझा घोषणा-पत्र नआउदा मतदाता दुबीधामा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन र नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्व विपक्षी गठबन्धनमा आवद्ध दलहरुले आ-आफृनो घोषणा-पत्र सार्वजनिक गरेपनि दुबै गठबन्धनको साझा घोषणा-पत्र मतदाता समक्ष नआउदा मतदाताहरु दुबिधामा रहेको देखिएको छ , जसका कारण गठबन्धन गरेर चुनावमा होमिएका दुवै गठबन्धनमा आवद्ध दलहरु चुनावपछि पनि मौजुदा गठबन्धनमा रहलान् र भन्ने आशंका मतदाताहरुमा देखिएको छ । उक्त आशंकालाई गठबन्धनमा आवद्ध दलहरुले कसरी चिर्छन् , त्यो त आगामी दिनमा देखिने नै छ ।

Leave a Reply