अन्तत: एमाले कै सहयोगमा जसपा नेता अशोक राईको पुन: संसद यात्रा तय

नेकपा (एमाले) समावेशिता लगायतका विषय अवलम्वन नगरेको भन्दै २०६९ सालमा सो पार्टीबाट बिद्रोह गरी अलग्गै पार्टी निर्माण गरी राजनीतिमा सक्रिय जनता समाजवादी पार्टी , नेपालका संघीय परिषद अध्यक्ष अशोककुमा राई गत आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं.१ बाट नेकपा (एमाले)कै सहयोगमा प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो । नेकपा (एमाले)बाट २०४८ र २०५१ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा खोटाङ क्षेत्र नं.२ बाट विजयी हुनुका साथै सो पार्टीमा रहदासम्म पटक -पटक मन्त्री समेत बन्नुभएको थियो । नेकपा (एमाले)बाट बाहिरिएपछि भएका चुनावमा पराजीत हुदै आएका राईका लागि पुन: संसदमा पुग्न नेकपा (एमाले) कै साथ र सहयोग खाँचो प-यो । विजयी राईले ४५३ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजीत गर्नुभयो ।

उहाँलाई नेकपा (एमाले)ले समर्थन गर्ने निर्णय गरेपछि त्यस विरुद्धमा धरानका पूर्व मेयर मनोजकुमार मेनाङ्वोले स्वतन्त्र उम्मेद्वार बनी ७,७१२ मत प्राप्त गरेपनि त्यसबाट सुनसरी क्षेत्र नं. १ बाट राईको विजयलाई रोक्न भने सकेंन । राईको विजयसँगै जसपा, नेपालले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ७ स्थानमा विजयी हासिल गरेको छ ।

यसबेलासम्म घोषणा निर्वाचन आयोगले घोषणा गरेको समानुपातिकतर्फको मतपरिणाम अनुसार सो पार्टीले ३,२४,३१० मत प्राप्त गरेको छ ।

यता सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सप्तरी क्षेत्र नं.२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग निकै ठूलो भारी मतले पराजीत हुनुभयो। आफू पराजीत भएपछि अध्यक्ष यादवले सञ्चारकर्मीहरुको भेटमा आफूलाई षडयन्त्रपूर्वक धाधली गरी चुनाव हराएको बताउनुभएको थियो तर कतिपय जानकारहरु भने सप्तरी क्षेत्र नं.२ मा एक पटक जितेका व्यक्तिले पुन: त्यहाँबाट चुनाव हारेका कारण उप-प्रधानमन्त्री समेत भईसकेका अध्यक्ष यादव पनि चुनाव हारेको हुन सक्ने बताउछन् ।

जसपा र लोसपा बीच गठबन्धन हुन नसक्दा मधेश प्रदेशक्षर लुम्बिनी प्रदेशमा ती दलहरुको बर्चस्व कमजोर

यस पटक निर्वाचनमा जसपा, नेपाल र लोसपा बीच चुनावी गठबन्धन र तालमेल हुन नसक्ता मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५ वर्ष अगाडिको तुलनामा तिनीहरुको बर्चस्व कमजोर बनेको छ । जसपाले प्रतिनिधि सभा प्रत्यक्षतर्फ मधेश प्रदेशबाट ६ र १ नं. प्रदेशबाट १ गरी ७ स्थानमा विजय हासिल गरेको छ भने लोसपाले मधेश प्रदेशबाट ३ र लुम्बिनी प्रदेशबाट १ गरी ४ स्थानमा विजय हासिल गरेको छ ।

२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचधमा गठबन्धन गरेर चुनाव लडेका तत्कालीन संघीय समाजवादी पार्टी , नेपाल र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेशमा आफ्नो पकड बलियो बनाउनुका साथै लुम्विनी प्रदेशमा आफ्नो राम्रो उपसृथिति कायम गरेका थिए भने तत्कालीन संघीय हमाजवादी पार्टीले १ नं. प्रदेश र गण्डकी प्रदेशमा पनि आफ्नो उपस्थिति कायम गरेको थियो ।

Leave a Reply