१८ वटै समस्याग्रस्त सहकारीले बैंकबाट ऋण लिएका रहेछन्

  • केशवप्रसाद पौडेल, सदस्य सचिव , समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले ‘भूमि व्यवस्था, सहकारी तथा गरिवी मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर यहाँ पठाएका १८ वटै सहकारी संंस्थाले बैंकबाट ऋण लिएरका रहेछन्’, भन्नुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्यग्रस्त घोषणा गरेका स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि., प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लि., कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लि.,कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.,शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि., तुलसी बहुमुखी सहकारी संस्था लि., हाम्रो कृषि सहकारी संस्था लि., पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.,ओरेण्टल को-अपरेटिभ लि., लु:निभा बहुउद्देश्यीय सहकारी संस्था लि., सोसाइटल बचत तथा ऋण सहकारी संस्था लि., स्टाण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लि., प्रभु बचत तथा ऋण सहकारी संंस्था लि., कुबेर बचत तथा ऋण सहकारी संस्था लि. भेगास बचत तथा ऋण सहकारी संस्था लि., कन्जुमर बचत तथा ऋण सहकारी संस्था लि., क‍ोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. र चार्टर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को सम्पत्ति व्यवस्थापन लगायतका कार्य समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरिरहेको उहाँको भनाइ छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ३ वटा समस्याग्रस्त सहकारीको समस्या समाधान भएको र १/२ वटाको समस्या समाधानको पाइपलाइनमा रहेको बताउनुभयो । उहाँसँग गरिएको कुराकानी तल प्रस्तुत गरपएको छ ।

Leave a Reply