- ऋषि कट्टेल, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी
मेरिकी सम्राज्यवादले भेनेजुयला माथि आक्रमण गरेर त्यहाँका राष्ट्पति निकोलस मडुरोलाई गिरफ्तार गरेको र भेनेजुयलाको शासन सत्ता समेत आफ्नो हातमा लिएको घोषणा गरेको कुरा सार्वजनिक भइरहेका छन । यो भेनेजुयलाको सार्वभौमिकताको नांगो हस्तक्षेप हो । अमेरिकी साम्राज्यवादको यस्तो कुकृत्यको नेपाल कम्युनिष्ट पार्टी विरोध गर्दछ र भेनेजुयाली जनतालाई प्रतिरोधमा उत्रन र राष्ट्र संघ लगायत विश्व समुदायलाई सार्थक हस्तक्षेप गर्न अपील गर्दछ ।
अमेरिकी साम्राज्यवादको यो आक्रमण नयाँ होइन । यसले विश्वभर आक्रमण र हस्तक्षेपको श्रृंखला चलाइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी साम्रज्यवादबारे भनेको छ- विश्व साम्राज्यवाद विशेष गरेर अमेरिकी साम्राज्यवाद विश्वका विभिन्न देशहरूको आन्तरिक मामलामा हस्तक्षेप गर्दै युद्ध भडकाइरहेकोे छ ।
क. लेनिनको नेतृत्वमा सम्पन्न महान अक्टोवर क्रान्ति र त्यसले स्थापना गरेको समाजवादी राज्य व्यवस्थाको आन्तरिक र बाह्य कारणले पतन भएपछि साम्राज्यवाद समाजवाद, जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनको विरूद्ध निर्ममतापूर्वक दमनमा उत्रिएको छ, वर्ग संघषहरू निस्तेज पार्ने षडयन्त्र गरिरहेको छ । यसको विरोधमा जनताको एकता भाड्न जातीय र क्षत्रीय भावना भड्काइरहेको छ । आफै झूटा निहुँ खडा गरी आणविक हतियार वा आतंकवाद खडा गरेर त्यसको बहानामा स्वतन्त्र देशहरूमाथि सैनिक हस्तक्षेप गरिरहेको छ । साम्राज्यवादको उत्पीडन विरूद्ध न्यायोचित संघर्ष गरिरहेका देशहरूलाई आर्थिक नाकाबन्दी गर्ने, संसारका विभिन्न देशहरूमा सेनाको तैनाथी तथा सैनिक अखडाहरूको स्थापना गर्ने कथित भूमण्डलिकरण, उदारवाद, खुलापन, निजीकरण र बजार अर्थतन्त्रको नाममा बहुराष्ट्रिय कम्पनीहरू खडा गरी कमजोर राष्ट्रहरूको अर्थतन्त्र कब्जा गर्ने, प्राकृतिक श्रोतसाधन दोहन गर्ने र लुटको धन जनताको न्यायोचित संघर्ष दमन गर्न प्रयोग गर्ने जस्ता अनेकन षडयन्त्रकारी योजनासाथ साम्राज्यवाद जनताको संघर्षविरूद्ध उभिएको छ र नव-औपनिवेशिक नीति लागु गरिरहेछ ।
विश्वभर नै सैनिक तैनाथी गरेको अमेरिका पछिल्लो समय इण्डो प्यासिफिक रणनीति अन्तरगत चीनलाई घेर्न र सार्क क्षेत्रका देशहरूमा सैन्य तैनाथी गर्ने योजनाका साथ अघि बढिरहेको छ । दक्षिण कोरिया, जापान,हिन्द महासागर,मध्यपूर्व,अफ्रिका तथा ल्याटिन अमेरिकी देश लगायत विश्वभर फौजीे तैनाथी र आक्रमणको तयारीमा छ ।
अमेरिकी साम्राज्यवादको यी कर्तुतहरूले के पुष्टि गर्दछन् भने अहिले पनि साम्राज्यवादको चरित्र बद्लिएको छैन । यो अझै आक्रामक बन्न कोशिस गरिरहेको छ ।
(अमेरिकी साम्राज्यवाद विश्वको एकमात्र महाशक्तिको रूपमा स्थापित हुने र एक धु्र्वीय विश्व निर्माणमा तल्लिन भएर लागेको छ । यसको निम्ति उसले कोरियन महाद्वीप, दक्षिण पूर्वी एसिया, पश्चिम एशिया, अफ्रिकी तथा ल्याटिन अमेरिकी देशहरूमा सैनिक अखडा खडा गरेको छ । आतंकवाद विरोधको बहानामा अफगानिस्थान माथि सैनिक आक्रमण, कथित आणविक हतियारको निहुँमा इराकमा सैनिक हस्तक्षेप, इरानविरूद्ध लगातार नाकाबन्दी तथा सैनिक हस्तक्षेपको धम्की, लिविया, सिरिया, ईजिप्टलगायतका कतिपय मध्यपूर्वका देशहरूमा कथित प्रजातान्त्रिक आन्दोलनको बहानामा ती देशहरूको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप गरिरहेको छ । क्यूबामाथि निरन्तर नाकाबन्दी लगाइरहेछ । हालै भेनेजुएलालाई गृहयुद्धमा फसाउने दुष्कार्य गरिरहेको छ । इजारायली विस्तारवादलाई उकासेर प्यालेष्टायनी जनतामाथि बर्बर दमन मच्चाइरहेछ । कोरिया प्रायदीपमा आफ्नो हैकम कायम राख्न दक्षिण कोरियामा सैनिक अखडा खडा गरेर उत्तर कोरियाविरूद्ध नाकाबन्दी लगाउने सैनिक हस्तक्षेप गर्ने जस्ता युद्ध भड्काउने काम गरिरहेछ । कथित स्वतन्त्र तिब्बतको नाममा दलाई लामा र उसका अनुचरहरूलाई सैनिक र आर्थिक सहयोग गरेर चीनमा अशान्ति मच्चाएर चीनको आर्थिक बृद्धि रोक्ने, ताईवानलाई हतियार उपलब्ध गराएर चारैतिरबाट चीनलाई घेर्ने नीति अवलम्वन गरिरहेछ । सारमा अमेरिकी साम्राज्यवाद, विश्वव्यापीरूपमा युद्ध भडकाउने, नवऔपनिवेशिक नीति लागु गर्दै समाजवादी क्रान्ति तथा राष्ट्रिय मुक्ति आन्दोलनहरूलाई दवाएर साम्राज्यवादको एक ध्रुवीय विश्व कायम गर्ने षडयन्त्रमा लागिरहेको छ ।
। यसले के प्रष्ट गर्दछ भने अमेरिकी साम्राज्यवाद विश्वशान्ति ,देशहरुको स्वतन्त्रता र सम्बृद्धिको मुख्य बाधक शक्ति हो र विश्वभरका न्यायप्रेमी जनताको एक नम्वरको दुश्मनहो । पछिल्लो समय नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न तम्सिएको छ । बेलैमा सतर्क बनौ । अमेरिकी साम्राज्यवाद विरुद्ध जनएकता कायम गरौ ।
(यो आलेख फेसबुकबाट साभार गरिएको हो ।)





