अमेरिकी सेना वा सरकारसँग एसपीपी सम्बन्धी सम्झौता नभएको नेपाली सेनाको भनाई

काठमाडौं/ नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपी सम्बन्धी आफ्नो कुनै सम्झौता नभएको र गर्ने योजना पनि नरहेको जनाएको छ । बिगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेना बीच रहदै आएको सहयोग र सहकार्यका सन्दर्भमा हाल बिभिन्न सञ्चार माध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय , जङ्गी अड्डाले बुधबार जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ‌‌ ।

Leave a Reply