अर्को महिनाबाट एमसीसी परियोजना कार्यान्वयन हुने

शुक्रबार ढाका हुदै नेपालको एक दिने भ्रमणमा काठमाडौं आएका अमेरिकी सहायक विदेश मन्त्री डोलाल्ड लु र परराष्ट्र मन्त्री नारायणप्रकाश साउद बीच भएको भेटमा अर्को महिनाबाट एमसीसी परिय‍ोजना कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ । त्यसका लागि अमेरिकी सहायक विदेशमन्त्री लुले परराष्ट्र मन्त्री साउदलाई धन्यबाद दिएको प्राप्त खबरमा उल्लेख छ । सो भेटपछि परराष्ट्र मन्त्री साउदले एमसीसी परिय‍जना उपर्युक्त किसिमबाट कार्यान्वयन शुरु गरी समयमा पूरा गर्नुपर्छ भन्नेमा नेपाल र अमेरिकाको एक मत रहेको सञ्चारकर्मीलाई बताउनुभयो ।

शुक्रबार नै अमेरिकी सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ,नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग भेटघाट गरि अर्को महिनादेखि एमसीसी परिय‍ोजना कार्यान्वयन तथा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको र त्यसक्रममा अमेरिकी सहायक विदेश मन्त्री लुले अमेरिकाको विकासमा नेपालीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभएको जनाइएको ।

शुक्रबार नै अमेरिकी सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डकी पत्नी तथा नेकपा (माके)कि सल्लाहकार दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेेको बालुवाटार श्र‍ोतले जनाएको छ

Leave a Reply