अस्ताए महान फुटबलर पेले

ब्राजिलका सर्वकालीन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा साउपाउलो अस्पतालमा मृगौला र प्रोष्टेडको उपचारको क्रममा निधन भएको छ । उनको निधनले संसारभरका फुटबल खेलाडी तथा फुटबलप्रेमीहरु स्तब्ध भएका छन् । उनको निधनप्रति लियोनल मेस्सी , क्रिष्टियानो रौनाल्डो , कूलियन एम्बाप्पे , नेइमार जुनियर लगायतका खेलाडीहरुले शोक व्यक्त गरेका छन् । ‌‌। सन् १९४० मा ब्राजिलको एक गरिब परिवारमा जन्मेका पेले आफ्नो प्रतिभा र क्षमताको बलमा फुटबलमा सफलता हासिल गरेर जन-जनको मनमस्तिस्कमा रहन सफल भए । सन् १९५८, सन् २९६२ र सन् १९७० मा ब्राजिलले फिफा विश्वकप फुटबल जित्दा तिनमा पेलेको भूमिका महत्वपूर्ण थियो । यस बेलासम्म सम्पन्न भएका फिफा विश्वकप फुटबलमा उनी सबै भन्दा सानो उमेरमा फिफा विश्वकप फुटबल जित्ने सबैभन्दा काञ्छा खेलाडी हुन् । सन् १९५८ को फिफा विश्वकप फुटबलमा ब्राजिललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका पेले त्यस बेला १७ वर्षका थिए । १५ बर्षको उमेरमा ब्राजिलको सान्तोस क्लवबाट व्यवसायिक फुटबल खेल्न शुरु गरेका पेलेले २१ वर्षसम्म फुटबल खेलेका थिए । पेलेले २१ वर्षे खेल जीवनमा आफूले खेलेका १,३६३ फुटबल खेलमध्ये १,२८१ गोल गरेका थिए । सन् १९७७ मा फुटबल खेल खेलबाट सन्यास लिएका पेलेले एस्केप टु भिट्री नामक चलचित्रका साथै केही टेलिभिजन श्रृङ्खलामा अविनय गरेका थिए । उनी सन् १९९५ देखि सन् १९९८ सम्म ब्राजिलको खेलकुद मन्त्री बनेका थिए ।

विशौं शताब्दीको महान फुटबल खेलाडी पेले र डिएगो म्यारोडोना मध्ये को हो भनेर लामो समय बहस समेत चलेको थियो तर उनलाई अर्जेन्टिनाका डिएगो म्यारोगडोनाले भने सम्मान गर्ने गर्थे । म्यारोडानाको पनि यस अगाडि नै निधन भएको छ ।

उपचारका क्रममा अस्पतालबाटै सन् २०२२ को कतार फिफा विश्वकप फुटबल हेरेका पेलेले विजयी भएको अर्जेन्टिनालाई बधाई दिदै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी यो विश्वकप उपाधिको हकदार रहेको बताएका थिए ।

Leave a Reply