आज दिउँसो भारतको गुजरात राज्यको अहमवादबाट बेलायतको लण्डनका लागि जान लागेको एयर इण्डियाको बोइङ ७८७-८ जहाज उडेको २ मिनेटमै एउटा भवनमाथि ठोक्किएर दुर्घटना हुँदा जहाजको ११ए सीटमा रहेका बेलायती नागरिक जीवितै भेटिएपनि २०० भन्दा बढीको शव भेटिएको प्राप्त खबरमा जनाइएको छ । यसैगरी ४० जना भन्दा बढी घाइतेलाई नजिकैको अस्पताल पु-याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अहमवाद-लण्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर १७१ जहाजमा चालक दलका १२ जना सदस्यहरु सहित २४२ जना सवार रहेको र त्यसमा सवार यात्रुहरुमध्ये भारतीय नागरिक १६९ जना , बेलायती नागरिक ५३ जना , पोर्चुगलका नागरिक ७ जना र क्यानडाका नागरिक १ जना क्यानडाका नागरिक रहेको बताइएको छ ।
जहाज दुर्घटना हुँदा ठूलो आवाज आएको र त्यसको केहीबेरमा त्यहाँ धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीको भनाई छ ।
सन् २०१८ पछि बेलाबेलामा प्राविधिक समस्या झेल्दै आएको बोइ जहाजङ निर्माता अमेरिकी कम्पनीलाई यो जहाज दुर्घटनाले थप नैतिक संकटमा परेको कतिपय जानकार बताउछन् ।





