निर्वाचन आयोगले आउदो फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उप-राष्ट्रपतिको निर्वाचन गर्ने जनाएको छ । राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ ।
निर्वाचन आयोगलले राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको मिति र कार्यक्रम तय गरेपछि त्यसको जानकारी सरकारलाई गराउनु पर्ने कानुनी व्यवस्था छ ।
आउदो फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएकोले नेपाली कांग्रेसका नेताहरुले भने राष्ट्रपति निर्वाचन आउदो फागुन २१ गते अगाडि नै गर्नु पर्नेमा जोड दिदै आएका छन् ।





