आजदेखि यस वर्षको एसईई शुरु

आजदेखि यस वर्षको एसईई शुरु हुदैछ । विहान ८ बजेदेखि शुरु हुने यो परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएक‍ो छ । देशभरबाट २,६०,६७४ छात्र र २,५५,९१७ छात्रा गरी ५,१६,५९१ परीक्षार्थीले २,०३६ परीक्षा केन्द्रबाट यो परीक्षा दिने गरि तयारी गरिएक‍ो बताइएको छ । केन्द्रबाट प्रश्नपत्र छपाई गरी परीक्षा केन्द्रमा पठाउने र परीक्षा केन्द्रबाट उत्तर पुस्तिका प्राप्त गरेपछि उत्तर पुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गर्ने बाहेकका पो परीक्षाका बाँकी सबै व्यवस्थापकीय कार्य प्रदेश सरकार र स्थानीय तहले गर्ने बताइएको छ । परीक्षार्थीहरुले डेरा गरेर बस्न नपर्ने गरी र अपाङ्गता भएका विद्यार्थीहरुलाई अनुकूल हुने परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो परीक्षा सम्पन्न भएको ३ महिनामा यसक‍ो नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइ छ ।

Leave a Reply