आजबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदै

आज विहान ८ बजेबाट यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदैछ । १,५९१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३,९५,९०८ जना र आंशिकतर्फ १,१५,६१७ जना गरि जम्मा ५,११,५२५ जना परीक्षार्थी यो परीक्षामा सहभागी हुदैछन् । जापानको एभरेष्ट स्कुल केन्द्रबाट समेत ३८ जना परीक्षार्थीले परीक्षा दिन लागेको यो परीक्षामा सबैभन्दा बढी काठमाडौबाट ६८,१३३ जना र सबै भन्दा कम मनाङबाट ४५ जना परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो परीक्षा सञ्चालन गर्न ४८,२०९ जना जनशक्ति परिचालन गर्न लागेको बताइएको छ ।

यो परीक्षामा कुनै परीक्षार्थीले अमर्यादित क्रियाकलाप गरेको पाइएमा निजको सबै विषयको परीक्षा रद्ध गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यही बैशाख ११ गतेदेखि २४ गतेसम्म तय भएको यो परीक्षा शिक्षक आन्दोलनका कारण सारेर आजबाट सञ्चालन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *