आजबाट नेपाल उद्य‍ोग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल

आजबाट बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्य‍ोग वाणिज्य महासंघको अध्यक्ष बन्नुभएको छ । अध्यक्ष शेखर गोल्छाको कार्यकाल सकिएसँगै ढकाल स्वत: महासंघको अध्यक्ष बन्नुभएको हो ।

नेपाल उद्य‍ोग वाणिज्य महासंघको यही चैत्र २८ गतेदेखि ५७औं साधारण सभा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्धाटन गर्नु भएको साधारण सभा अन्तर्गत १ उपाध्यक्ष, ३ उपाध्यक्ष र ५९ सदस्य पदमा निर्वाचन भयो । सो निर्वाचनबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल तथा रामचन्द्र सांघाई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । बस्तुगत उपाध्यक्षका उम्मेद्वार हेमराज ढकालले ६१ , मनिषलाल प्रधानले ५३ र सकुन्तलाल हिराचनले ७ मत पाउनुभयो । यस्तै जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार सुरकृष्ण वैद्यले ४३, अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाउनुभयो भने एसोसिएट उपाध्यक्षका उम्मेद्वार ज्योत्सना श्रेष्ठले ८४६ र भरत आचार्यले ७८१ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको बरिष्ठ उपाध्यक्षमा प्यानल सहित पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा बर्तमान उपाध्यक्षद्वय रामचन्द्र सांघाई र अञ्जन श्रेष्ठ उम्मेद्वार छन् । महासंघको ४ सदस्य भने निर्विर‍‍ोध चयन भएका छन् ।

Leave a Reply