आजबाट नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ : ७० दिनमै अवकास हुने !

आजबाट चन्द्रकुवेर खापुङ नेपाल प्रहरी महानिरीक्षक बन्नुभएको छ । गत मध्यरातबाट प्रहरी महानिरीक्षक दीपक थापाको ३० वर्षे प्रहरी सेवा अवधि पूरा भएका कारण अनिवार्य अवकास भएपछि रिक्त रहेको नेपाल प्रहरीको महानिरीक्षक पद अतिरिक्त महानिरीक्षक खापुङ नेपाल प्रहरी महानिरीक्षक बन्नुभएको हो । कानूनमा स्नातक र जेण्डर स्टटिज विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका खापुङलाई आज गृह मन्त्रालयमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाई दिनुभएको हो । यही भदौ १३ शुक्रबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले खापुङलाई आजबाट लागू हुने गरी नेपाल प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB) प्रमुख भएर कार्य गरिरहेका महानिरीक्षक खापुङ परहरी अतिरिक्त महानिरीक्षकमा पहिलो नम्बरमा हुनुहुन्थ्यो ।

आजबाट नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै गरेका खापुङ यदी नयाँ प्रहरी ऐन जारी नभएमा ३० वर्षे सेवाबधिका कारण आउदो कार्तिक २६ गते मध्यरातबाट ७० दिनमै प्रहरी महानिरीक्षक पदबाट अनिवार्य अवकास हुनुहुने छ ।

२०२७ मंसिर २३ गते तेह्रथुमको मेञ्छ्यायोम गाउँपालिका-६,मोराहाङमा जन्मिनुभएका महानिरीक्षक खापुङ २०५२ कार्तिक २७ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

उहाँ नेपाल प्रहरीको नेतृत्वमा पुग्ने लिम्बू समुदायको दोश्रो व्यक्ति हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *