आजबाट मतदाता नामावली संकलन बन्द

काठमाडौं/ बिहीबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले आउदो मंसिर ४ गते संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन कार्य बन्द गरेको जनाएको छ । २०७९ मंसिर ४ गतेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगलेआउदो आइतबारबाट राजनीतिक दल दर्ता कार्य शुरु गर्ने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउदो मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न अर्जुनदृष्टिका साथ काम गर्ने बणाउनुभयो । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचंन तर्फको उम्मेद्वारको बन्दसूची जतिसक्तो चाडो टुङ्गो लगाउने योजना प्रस्तुत गय्नभयो । यो निर्लाचनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने निर्वाचन आयोग श्रोतको भनाई छ ।

वि.सं.२०७४ मंसीर १० र ११ गते दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनबाट निर्मित प्रतिनिधि सभा र प्रदेश सभा अब के हुने भन्ने बारेमा भने मतैक्यता भएको देखिएको छैन ।

२७५ सदस्यीय प्रतिनिधि सभाको १६५ सिटमा प्रत्यक्ष र ११० सीटमा समानुपातिक निर्वाचन हुनेछ भने ७ वटै प्रदेशका ५५० सीट मध्ये ३३० सीटमा प्रत्यक्ष र २२० सीटमा समानुपातिक प्रणालीबाट चुनाव हुने छ ।

Leave a Reply