आजबाट माघ १५ गतेसम्म सरकारी कार्यालय समय १ घण्टा कम

बिगतका वर्षहरुमा झैं यस पनि माघ १५ गतेसम्म रहनेगरी आजबाट सरकारी कार्यालय सहितको कार्यालय समय एक घण्टा कम भएको छ । जस अनुसार आइतबारदेखि बिहीबारसम्म हप्तामा ५ दिन कार्यालय समय विहान १०:०० बजेदेखि ४:०० बजेसम्म र शुक्रबारविहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म कायम हुने बताइएको छ ।
दिन छोटो हुदै जाने र चिसो बढ्दै जाने हुदा हरेक वर्ष कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय त्यस अघि र पछि भन्दा १ घण्टा कम हुदै आएको छ ।

Leave a Reply